बुधबार, कार्तिक १९ गते २०८३

सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड

  • 140
    SHARES
  • मंसिर ११, २०८० सोमबार
    सुनको भाउले फेरि बनायो नयाँ  रेकर्ड

    नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। 

    लगातार बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

    यसअघि गत कात्तिक ११ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। 

    उक्त दिन सुन प्रतितोला एक लाख १७ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यसको झण्डै एक महिनापछि आज सुन प्रतितोला एक लाख १७ हजार चार सय रुपैयाँ पुगेको छ। यो मूल्य चार सय रूपैयाँ बढी हो।

    अघिल्लो दिन अर्थात् आइतबार तोलामा छ सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।

    आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

    आइतबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो।

    सोमबार चाँदीको मूल्य पनि बढेको छ।

    चाँदीको मूल्य प्रतितोला १ हजार पाँच सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

    चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो। 

    आइतबार चाँदी प्रतितोला १ हजार चार सय ८५ रूपैयाँमा कारोबार भएको थियो।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो। 

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    ताजा अपडेट