बुधबार, कार्तिक १९ गते २०८३

स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीका लागि आवेदन दिन २१ दिनको समय

  • 314
    SHARES
  • कार्तिक २०, २०८२ बुधबार
    स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीका लागि आवेदन दिन २१ दिनको समय

    स्टार्टअप उद्यम कर्जा आवेदनका लागि २१ दिनको समय

    काठमाडौं, — स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीका लागि आवेदन दिन २१ दिनको समय दिइएको छ। उद्योगमन्त्री अनिल कुमार सिन्हाको प्रस्तावमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बुधबार सूचना जारी गर्दै इच्छुक व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन आग्रह गरेको हो।

    प्रतिष्ठानले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधनसहित)’ अनुसार नवीन विचार, ज्ञान, सीप र क्षमता भएका उद्यमीहरूबाट परियोजना प्रस्ताव माग गरेको छ। इच्छुक उद्यमीहरूले आफ्नो परियोजना प्रस्ताव अनलाइनमार्फत भर्न सक्नेछन्। प्रस्तावको ढाँचा र विस्तृत विवरण प्रतिष्ठानको आधिकारिक वेबसाइटमा हेर्न सकिने उल्लेख गरिएको छ।

    सरकारले युवाहरूमध्ये विशेषगरी जेन–जी पुस्तालाई लक्षित गर्दै स्टार्टअप उद्यम कर्जा कार्यक्रम ल्याएको हो। उद्योगमन्त्री सिन्हाले यो योजनालाई नयाँ पुस्ताका लागि “सुनौलो अवसर” का रूपमा व्याख्या गर्दै यसले रोजगारी सिर्जना गर्ने र आत्मनिर्भरता बढाउने विश्वास व्यक्त गरेका छन्।

    उक्त कर्जा कार्यक्रममार्फत नयाँ सोच र नवीनतम सीप भएका उद्यमीलाई व्यावसायिक रूपमा सशक्त बनाउँदै देशमा उत्पादनमुखी अर्थतन्त्र विकास गर्ने सरकारको उद्देश्य रहेको बताइएको छ।

    अधिक जानकारी तथा आवेदन फारमका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको वेबसाइटमा पुग्न सकिनेछ।

    ताजा अपडेट