कार्तिक, ५ । अन्तराष्ट्रिय बजारमै सुनको मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । त्यस्तै चाँदीकोे मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य प्रति तोला १ लाख ६५ हजार ६ सय रूपैयाँ पुगेको छ । आइतबारको तुलनामा सुनको मूल्य तोलामा ६ सय रूपैयाँले बढेको छ । आइतबार सुन तोलामा ६ सय वृद्धि भएर प्रतितोला १ लाख ६५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबारको तुलनामा चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ९५रूपैयाँ पुगेको छ । आइतबार भने चाँदीको मूल्य प्रतितोला २ हजार ७५ रूपैयाँ थियो । चादीँको यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा सुन र चादीँको मूल्य क्रमिक उकालो लाग्दा स्थानीय बजारमा यसको असर परिरहेको छ ।