बिहीबार , कार्तिक २० गते २०८३

धितोपत्र बोर्डले गर्यो केयर रेटिङलाई कारबाही

  • 95
    SHARES
  • आश्विन ३, २०८० बुधबार
    धितोपत्र बोर्डले गर्यो केयर रेटिङलाई कारबाही

    नेपाल धितोपत्र बोर्डले केयर रेटिङलाई कारबाही गरेको छ । मंगलबार बसेको बोर्डको बैठकले केयर रेटिङलाई नगद जरिवाना गर्ने निर्णय गरेको हो । 

    बोर्डका एक सदस्यका अनुसार केयर रेटिङले केयर रेटिङ नियमावलीविपरीत कार्य गरेकाले कारबाही गरिएको हो। कारबाहीस्वरूप केयरलाई ५० हजार जरिवाना गरिएको छ । 

    नियमविपरीत बैंकको ऋणका लागि रेटिङ गरेपछि बोर्डले गत पुस २८ गते केयर रेटिङलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधेर पनि कारबाही नगरेको भनेर बोर्डको चौतर्फी आलोचना भएको थियो ।

    केयर रेटिङले चित्तबुझ्दो जवाफ पेस नगरेपछि बोर्डले कारबाही गरेको ती सदस्यले बताए ।

    केयर रेटिङले आफ्नै समूहको लगानी भएका कम्पनीको रेटिङ गर्दै आएको थियो । बोर्डले स्पष्टीकरण सोधेपछि केही कम्पनीको रेटिङ फिर्ता पनि गरेको थियो ।

    ताजा अपडेट