नेपाल स्टक एक्सचेन्ज नेप्सेले ११ वटा नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेको छ।
मंगलबार नेप्सेले ११ नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेको हो ।
योसँगै नेप्सेबाट कारोबार सदस्यता पाउने नयाँ ब्रोकरहरुको संख्या २८ पुगेको छ । सदस्यता पाएका ११ वटै ब्रोकर कम्पनीहरु सीमित कार्य गर्ने कम्पनीहरु हुन्।
यसअघि नेप्सेले असार २१ गते ७ वटा, साउन १२ गते ७ वटा र साउन १९ गते ३ वटा नयाँ ब्रोकरहरुलाई कारोबार सदस्यता प्रदान गरेको थियो ।