विगत आठ बर्षदेखि बन्द नेपाल चीन बीचको महत्वपूर्ण तातोपानी नाका आजबाट मानव आवतजवतका लागि खुला गरिएको छ।
७२ सालको महाभुकम्पपछि मानिस आवजजावत बन्द भएको नाका आज विहानबाट संचालनमा आएको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो।
विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो।
यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको हो। नाकासंचलनको दिन आज विहन भएको एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य माधव सापकोटा लगायत चीनिया दुतावसका अधिकारीहरु तातोपानी मितेरी पुल पुगेका थिए।