बिहीबार , कार्तिक २० गते २०८३

कहिले रिलिज हुन्छ 'बाहुबली' अभिनेता प्रभासको नयाँ फिल्म 'राधेश्याम'?

  • 322
    SHARES
  • श्रावण २०, २०७८ बुधबार
    कहिले रिलिज हुन्छ 'बाहुबली' अभिनेता प्रभासको नयाँ फिल्म 'राधेश्याम'?

    'बाहुबली' अभिनेता प्रभासको नयाँ फिल्म 'राधेश्याम' को रिलिज मिति घोषणा भएको छ। प्रभासले आफ्नो इन्स्टाग्राममा फिल्मको पोस्टर राख्दै रिलिज मिति सार्वजनिक गरेका हुन्।

    बलिउड हंगामाका अनुसार प्रभासले पोस्ट गरेको फोटोमा उनी युरोपको सडकमा हिँडिरहेका देखिन्छन्। पोस्टरमा राधेश्याम सन् २०२२ को जनवरी १४ मा रिलिज हुने लेखिएको छ। तल क्याप्सनमा भने प्रभासले फ्यानहरूले आफ्नो नयाँ रोमान्टिक गाथा हेर्ने पर्खाइमा रहेको बताएका छन्।

    राधेश्याम रोमान्टिक फिल्म हो जुन १९७० को दशकमा युरोपको सहरमा सेट गरिएको छ। फिल्ममा प्रभाससँगै अभिनेत्री पूजा हेगडेको मुख्य भूमिका छ। प्रभास अरूको भाग्य बताउने एक व्यक्तिको भूमिकामा र पूजा राजकुमारीका रूपमा देखिने बताइएको छ। यो फिल्मबाट प्रभास लगभग एक दशकपछि रोमान्टिक विधामा फर्किएका छन्।

    उनले अभिनय गर्ने प्रायः फिल्म एक्सन थ्रिलर हुन्छ। उनले अभिनय गरेको पछिल्लो रोमान्टिक फिल्म ‘मिस्टर पर्फेक्ट’ थियो। यो फिल्म सन् २०११ मा रिलिज भएको थियो जुन तेलेगु भाषामा थियो। राधेश्याममा नयाँ जोडी प्रभास र पूजाको रोमान्स देख्न पाइनेछ। यसअघि यी दुई कलाकार एउटै स्क्रिनमा देखिएका छैनन्। राधा कृष्ण कुमारको निर्देशनमा बन्न लागेको राधेश्याम हिन्दी र तेलुगु भाषामा रिलिज हुनेछ। यो फिल्म यूभी क्रिएसन र टि–सिरिजको प्रोडक्सनमा बन्न लागेको हो।

    ताजा अपडेट