शुक्रबार, कार्तिक २१ गते २०८३

रावा बेसीका राडीपाखी व्यवसायीलाई संरक्षण र प्रवद्र्धन गर्दै गाउँपालिका

  • 165
    SHARES
  • भाद्र १४, २०८० बिहीबार
    रावा बेसीका राडीपाखी व्यवसायीलाई संरक्षण र प्रवद्र्धन गर्दै गाउँपालिका


    खोटाङ, भदौ १४ । खोटाङको रावा बेसी गाउँपालिकाका राडीपाखी व्यवसायीलाई संरक्षण र प्रवद्र्धन गर्न सुरु गरेको छ । गुरुङ समुदायको पुर्खौली पेशासमेत रहेको राडीपाखी व्यवसायीहरु रावा बेसी गाउँपालिका क्षेत्रमा प्रसस्त छन् । उनिहरुलाई पालिकाले आवश्यक सामाग्री चर्खा र कोरेसो गाउँपालिकाले प्रदान गर्न सुरु गरेको छ । 

    गाउँपालिकाको वडा नम्बर १ कुभिण्डे, ५ दुवेकोल र ६ हौँचुरका गुरुङ समुदायले यो पेशा गर्दै आएका छन् । गुरुङहरुको पुर्खौली पेशा राडीपाखी व्यवसाय गर्दैआएका महिलाको व्यवसायीक विकासमा सघाउ पु¥याउन आवश्यक सामाग्री प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । बुधबार वडा नम्बर ६ हौंचुरको पोखरी र चाँपखर्क तथा १ कुभिन्डेको गोपिनीका राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो प्रदान गरिएको हौँचुरका वडाध्यक्ष चिरञ्जीवि कार्कीले जानकारी दिनुभयो । बिहिबार वडा नम्बर ५ दुवेकोलमा सोही सामाग्री वितरण गरिने उहाँको भनाइ छ । 

    गाउँपालिकाले विनियोजन गरेको पाँच लाख रकमले १ सय ७० थान कोरेसो र ५० थान चर्खा खरिद गरिएको गाउँपालिका उपाध्यक्ष कोशिला गुरुङले बताउनुभयो । भेडाको उनबाट राडी, जमट, चकटी, ब्रुसकोट, लुकुनी, घुमराडी, दोचा लगायतका सामान बुन्ने क्रममा सामग्रीको अभाव झेलिरहेका महिलालाई लक्ष्यित गर्दै चर्खा र कोरेसो वितरण गरिएको उहाँको भनाइ छ । राडीपाखीको काम गर्ने अन्य राई, भुजेल, मगर समुदायका महिलालाई पनि चर्खा र कोरेसो उपलव्ध गराइने उपाध्यक्ष गुरुङले बताउनुभयो । 

    1.jpg

    ताजा अपडेट