बिहीबार , कार्तिक २० गते २०८३

धितोपत्र निष्कासन नियमावली संशोधन हुने

  • 121
    SHARES
  • भाद्र ६, २०८० बुधबार
    धितोपत्र निष्कासन नियमावली संशोधन हुने

    सरकारले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११६ को उपदफा १ अनुसार नेपाल धितोपत्र बोर्डलाई धितोपत्र निष्कासन नियमावली २०८० संशोधन गर्न स्वीकृत प्रदान गरेको छ।

    बुधवार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

    त्यस्तै बैठकले बैठकले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी यान ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकृति गर्ने निर्णय पनि गरेको छ।

    यी दुवै निर्णय अर्थ मन्त्रालयको प्रस्तावमा गरिएको हो।

    ताजा अपडेट