बिहीबार , कार्तिक २० गते २०८३

सेयर बजार सोमबार घट्यो, २ अर्ब रूपैयाँको मात्रै कारोबार

  • 74
    SHARES
  • श्रावण २९, २०८० सोमबार
    सेयर बजार सोमबार घट्यो, २ अर्ब रूपैयाँको मात्रै कारोबार

    आइतबार १४.८१ अंकले बढेको शेयर बजार सोमबार पुनस् घटेको छ। निरन्तर उतारचढावमा रहेको बजारमा आइतबार सुधार देखिएको थियो ।  तर सोमबार सामान्य अंकको गिरावट देखिएको हो। 

    सोमबार ३.६१ अंकले घटेर बजार २०७७.२४ बिन्दुमा झरेको छ।

    ६८ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ९ करोड १३ लाख रूपैयाँको कारोबार भएको छ। १४५ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।  

    गएको सातभर नै निरन्तर उतारचढावमा देखिएर अन्तिम दुई कारोबार वृद्धितर्फ लागेको सेयर बजारमा यो साता सुखद सुरुवात देखिएको थियो।

    गएको साता समग्रमा २३.७९ अंकले घटेको बजारमा यो साता यो साता आइतबार १४.८१ अंकले बढेर बजार २०८०.८६ बिन्दुमा पुगेको थियो। 

    बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा छन्।

    ताजा अपडेट