११ चैत, । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २००औँ शाखा खोटाङको दिक्तेलमा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप एक नयाँ शाखा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १ मा सञ्चालनमा ल्याएको हो ।
यो सँगैे बैंकको २०० वटा शाखाहरू सञ्चालनमा आएका छन् । नयाँ शाखाको सञ्चालनसँगै कोशी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरूको संख्या २८ पुगेको छ । शुक्रबार उक्त शाखा कार्यालयमा पूजापाठ गरी बैंकिङ कारोबारको सुरुवात गरिएको हो ।
ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा पु¥याउने क्रममा खोटाङ दिक्तेलमा नयाँ शाखा सञ्चालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने बैंकका प्रबन्धक दिप प्रकाश राईले बताउनुभयो ।
सुविधासम्पन्न यो शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरू माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।
नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवाहरू पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिनेछ । डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था समेत रहेको राईले बताउनुभयो ।
नयाँ शाखा शुभारम्भ भएको दिनमा नै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ९ मा सञ्चालनमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयलाई कम्पयुटर र प्रिन्टर सहयोग उपलब्ध गराएको छ ।
विद्यालयमा आयोजित कार्यक्रमबिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोगस्वरूप सो सामग्री हस्तान्तरण गरेका हुन् । बैंकको सानो सहयोगले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू लाभान्वित हुने विश्वास लिएको अधिकृत गणेश राज पोखरेलले बताउनुभयो ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
कारोबार डेक्स