बिहीबार , कार्तिक २० गते २०८३

सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढ्यो


  • 118
    SHARES
  • माघ २३, २०८१ बुधबार
    सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढ्यो

    २३ माघ, ।  नेपाली बजारमा आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको छ ।

     नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० रुपैयाँ कायम भएको छ ।

    यसअघि, मङ्गलबार छापावाल सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको थियो ।

    यस्तै, आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँ कायम भएको छ । मङ्गलबार चाँदीको भाउ प्रतितोला १९ सय ३० रुपैयाँ कायम भएको थियो । 

     



    ताजा अपडेट