बिहीबार , कार्तिक २० गते २०८३

शिवम् सिमेन्ट्सको लाभांश घोषणा


  • 119
    SHARES
  • पौष १, २०८१ सोमबार
    शिवम् सिमेन्ट्सको लाभांश घोषणा

    १ पुस, । शिवम् सिमेन्ट्सले सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ ।

    कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले ८.५५ बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

    यस्तै, प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ। सभा राष्ट्रिय सभागृह सिटी हल भृकुटीमण्डपमा बिहान ९ बजे सुरू हुनेछ ।

    कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ ।

    बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश पाउनेछन् ।

    गत वर्ष कम्पनीले १५ प्रतिशत लाभांश घोषणा गरेको थियो ।



    ताजा अपडेट