३० मंसिर, । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
कारोबार डेक्स