बिहीबार , कार्तिक २० गते २०८३

सांसद विनोद चौधरीसँग सीआईबीले लियो दुई घण्टा बयान

  • 140
    SHARES
  • चैत्र ८, २०८० बिहीबार
    सांसद विनोद चौधरीसँग सीआईबीले लियो दुई घण्टा बयान

    नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई घण्टा बयान लिएको छ । बाँसबारी जग्गा प्रकरणमा उनीसँग अनुसन्धान अधिकृतहरूले जिल्ला सरकारी वकिलको रोहबरमा बयान लिएका हुन् । 

    उनीसँग दुई घण्टा बयान लिइएको ब्युरोका एक जना अधिकृतले बताए । चौधरी बयान पुरा गरेर निस्किएका छन् । चौधरी पश्चिम नवलपरासी–१ बाट निर्वाचित सांसद हुन् । 

    काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा उनको संलग्नता रहेको आशङ्का गरिएको छ। 

    ताजा अपडेट