बुधबार, कार्तिक १९ गते २०८३

प्राधिकरणले बिजुली काटेपछि महासङ्घमा आकस्मिक बैठक, सरकारको प्रतिरोध गर्ने

  • 137
    SHARES
  • पौष ७, २०८० शनिबार
    प्राधिकरणले बिजुली काटेपछि महासङ्घमा आकस्मिक बैठक, सरकारको प्रतिरोध गर्ने

    नेपाल विद्युत् प्राधिकरणले चार उद्योगको बिजुली काटेपछि नेपाल उद्योग वाणिज्य महासङ्घले आकस्मिक बैठक बोलाएको छ । प्राधिकरणले शुक्रवार डेडिकेटेड र ट्रंक लाइनको बिजुली बिल नतिरेको भन्दै ४ उद्योगको लाइन काटेको थियो ।

    प्राधिकरणले जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो । यी उद्योगहरूबाट कूल ८ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली बिल तिर्न बाँकी रहेको प्राधिकरण स्रोत बताउँछ ।

    पटक–पटक बिजुलीको बिल तिर्न ताकेता गरे पनि नतिरेपछि लाइन कोटेको प्राधिकरणले जनाएको छ। प्रधानमन्त्रीकै इच्छाअनुसार ठुला उद्योगहरूको लाइन काटेपछि प्रतिरोध गर्ने लक्ष्यसहित महासङ्घले बैठक बोलाएको हो।

    बैठकमा वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले नेतृत्व गर्नेछन् । महासङ्घका अध्यक्ष भने काठमाडौँ बाहिर छन्। बैठकमा सम्बन्धित वस्तुगत सङ्घको सहभागिता रहने छ।

    ताजा अपडेट