बुधबार, कार्तिक १९ गते २०८३

शेयर बजारमा तीन पटक ‘सर्किट ब्रेक’, बन्द भयो कारोबार

  • 167
    SHARES
  • मंसिर २४, २०८० आइतबार
    शेयर बजारमा तीन पटक ‘सर्किट ब्रेक’, बन्द भयो कारोबार

    साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा तीन पटक ‘सर्किट ब्रेक’ लागेको छ । कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११स्२५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो ।

    पुनः १२स्०७ बजे सुरू भएको कारोबारमा फेरि २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो । योसँगै आइतबारका लागि शेयर कारोबार बन्द भएको छ ।

    आइतबार शेयर बजारको परिसूचक नेप्से १११ अंक बढेको छ । नेप्से १९६३ अंकमा कायम भएको छ । आइतबार ९ मिनेटमा ४८ करोड २४ लाख रूपैयाँको कारोबार भयो ।

    शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामा शेयर धितोमा जाने कर्जाको जोखिमभार १५० प्रतिशतबाट झारेर १२५ प्रतिशत कायम गरिएको थियो । लामो समयसम्म बजार घटिरहँदा राष्ट्र बैंकले लिएको यो कदमपछि लगानीकर्तामा मनोबल बढेको छ ।

    यस दिन जलविद्युत समूह सबैभन्दा धेरै ८।६ प्रतिशत बढ्यो । होटल तथा पर्यटन समूह ६।७, बैंकिङ ५।६, विकास बैंक ६।५, फाइनान्स ६।५, लगानी ६।४, जीवन बीमा ५।३, माइक्रोफाइनान्स ५।६, उत्पादन ४।८, निर्जीवन बीमा ५।२, अन्य ४।५ र व्यापार उपसमूह ५।८ प्रतिशतले बढेका छन् ।

    १३ कम्पनीको मूल्य ९।९ देखि १० प्रतिशतसम्म बढेको छ । कारोबार रकमका आधारमा माउन्टेन इनर्जी, सोनापुर सिमेन्ट, नेपाल इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

    ताजा अपडेट